News Portal

प्रचण्डको पछि लाग्दै किन गए कुमारी हलमा रामचन्द्र पौडेल ?

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१३१५ पटक
काठमाडौं

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एकाएक कमल पोखरीस्थित कुमारी चलचित्र भवन देखिए । उनकै पछि लाग्दै काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा (क्रान्तिकारी माओबादी)का महासचिव मोहन वैद्य (किरण), काँग्रेस नेता प्रकाशमान सिंह, कम्युनिस्ट नेता मोहन विक्रम सिंह, मानव अधिकारवादीहरु र वरिष्ठ पत्रकारसमेत प्रचण्डको पछि लाग्दै कुमारी हल पुगेका छन ।

दुर्गा केसीले निर्माण गरेको ‘भैरवनाथ’ नामक वृत्तचित्रको विशेष प्रदर्शन हेर्नका लागि नेताहरु लाइन लागेर कुमारी हल पुगेका थिए । नेकपा अध्यक्ष दाहालले अहिलेको परिवर्तनमा हजारौँ योद्धाको बलिदान रहेको समेत जानकारी गराए । वृत्तचित्र बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने दुर्गा केसीको समेत प्रचण्डले खुलेर प्रशंसा गरेका थिए ।

‘देशमा जुन राजनीतिक परिवर्तन भएर हामी एउटा समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षातिर अगाडि बढिरहेका छौँ त्यसका पछाडि हजारौँ, लाखौँको त्याग, बलिदान र पीडा छ भन्ने कुरा वृत्तचित्रले उल्लेख गरेको छ’ प्रचण्डले भने ।

‘हामी अहिले जुन परिस्थितिमा अगाडि बढ्दैछौँ त्यसको पछाडिको पृष्ठभूमि कति मार्मिक थियो भन्ने कुरा बोध गर्न, शिक्षा लिन र अगाडि बढ्न ‘भैरवनाथ’ प्रेरणदायी छ’, उनले भने ।

‘भैरवनाथ’ जिउँदो सहिदका रूपमा सम्मानित कृष्ण केसीको कथा हो । वृत्तचित्रमा केसी सशस्त्र जनयुद्धको समयमा तत्कालीन मानव वधशालाको रूपमा परिचित ‘भैरवनाथ गण’बाट पक्राउ परेदेखि हिरो हुँदासम्मको कथा समेटिएको छ ।

‘कृष्ण केसीले भैरवनाथ गणभित्र बन्दीका रूपमा पाएको यातना र उनका रिहाइका लागि उनकी श्रीमती दुर्गा केसीले गरेको सङ्घर्षसमेत वृत्तचित्रको विषयवस्तु हो । श्रीमान् कृष्णको सेनाले गिरफ्ता गरेपछि दुर्गाले भोगेका मानसिक, शारीरिक, प्रशासनिक र पारिवारिक पीडासमेत वृत्तचित्रले मार्मिक रूपमा उठाएको छ ।

अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय समितिले आयोजना गरेको प्रदर्शनीमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, मोहन वैद्य (किरण), प्रकाशमान सिंह, मोहन विक्रम सिंह, मानव अधिकारवादीहरु र वरिष्ठ पत्रकारसमेतको उपस्थिति रहने आयोजकले बताए पनि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, मन्त्री बिना मगर, नेतृ हिसिला यामी लगायतको मात्र उपस्थित थियो ।

सरकार, अदालत, संसद्, प्रदेश सरकार र स्थानीय निकायलाई बोलाएर अहिलेको परिवर्तन सजिलो तवरले आएको होइन, परिवर्तनका लागि मानिसले केकस्ता बलिदान दिए भन्ने सम्झाउन र सोहीअनुसार आगामी दिनमा काम गर्नतिर अग्रसर गराउन ‘वृत्तचित्र’ प्रदर्शन गरिएको आयोजकका तर्फबाट कृष्ण केसीले जानकारी दिए ।

वृत्तचित्रको प्रदर्शनले बृहत् शान्ति सम्झौता भएदेखि अहिलेसम्म धेरै सरकार बने पनि मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगले गर्न नसकेको प्रभाकारी कामको विषयमा पनि सम्बन्धित निकाय र व्यक्तिलाई समेत सचेत गराउने विश्वास रहेको जानकारी गराए ।

प्रतिष्ठा कुसुक केसी र राजकुमारको अभिनय रहेको वृत्तचित्रमा दुर्गा केसीको कथा तथा निर्माणमा तयार भएको हो । पर्वतकिरण केसी कार्यकारी निर्माता रहेको वृत्तचित्रलाई सम्पादन तथा निर्देशन शिव पुरीले गरेकाछन् । अष्टमान महर्जनको द्वन्द्व रहेको वृत्तचित्रमा एलिस कार्कीको पाश्र्व सङ्गीत रहेको छ।

२०७६ जेठ ५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्