News Portal

प्रचण्डसंग जुरी खोज्दा यसरी पछारिए पाण्डे

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
११९६ पटक
काठमाडौं

काठमाडौं – २०७४ सालको प्रतिनिधि सभाको चुनावमा चितवनबाट प्रचण्डसंग चुनाव लडेका राप्रपा नेता विक्रम पाण्डेलाई प्रचण्ड–ओलीको सरकारले ठेक्का पट्टामा पनि रोक गलाएको छ । ठूला ठेक्कामा रजगज गरिरहेकारहेको कालिका कन्स्ट्रक्सनका मालिक पाण्डेलाई खरिद नियामावली मार्फत ठेक्का दिनमा रोक लगाएको हो ।

सरकारले ल्याएको नयाँ सार्वजनिक खरिद नियमावलीले भ्रष्टाचारको मुद्दा लागेका कम्पनीलाई ठेक्का प्रक्रियामा भाग लिन रोकेपछि उनीहरुका कम्पनी अघोषित रुपमा ‘निलम्बित’ बनेका हुन् ।

नयाँ व्यवस्थाका कारण राप्रपा नेता तथा पूर्वमन्त्री विक्रम पाण्डेको कम्पनी काकिकालाई ठेक्का प्रक्रियामा सामेल हुन नपाउने अवस्था आएको हो ।

पाण्डेको कम्पनी कालिकाविरुद्ध सिक्टा सिँचाइ आयोजनाको नहर निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा चलिरहेको छ । यो कम्पनीविरुद्ध गत मंसिर २१ गते २ अर्ब १३ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगसहित मुद्दा दायर भएको थियो । अख्तियारले पाण्डेलाई दुई वर्ष कैद सजाय माग गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलाएको छ । यो मुद्दामा पाण्डे विशेष अदालतबाट ४ करोड धरौटी बुझाएर रिहा भएका थिए ।

२०७६ जेठ ५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्