News Portal

बालुवाटार जग्गा प्रकरण : विष्णु पौडेलमाथि खनिए भीम रावल, के हुन्छ अव ?

मोटिभेटन्यूज संवाददाता
५२२ पटक

काठमाडौं – काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा पार्टीका महासचिव विष्णु पौडेलमाथि छानविन हुनुपर्ने बताएका छन् । सरकार, पार्टी र सन्चारमन्त्री जोगाउन लागिपरेका बेला रावलले पौडेलमाथि छानविन तथा दोषी पाइए कारवाही हुनुपर्ने माग राखेका हुन्।

रिपोर्टर्स क्लबद्वारा सोमबार आयोजित साक्षात्कारमा नेता रावलले ललिता निवासको जग्गा कब्जामा पार्टीका महासचिव पौडेलसमेत मुछिएको स्मरण गर्दै सत्यतथ्य छानविन गरेर दोषी ठहरिए कारबाही हुनुपर्ने माग गरे।

जग्गा प्रकरणबारे सरकारले गरेको छानविन सत्यतथ्य हुनुपर्ने रावलको भनाई थियो । ‘बालुवाटार जस्तो संवेदनशील स्थानको जग्गा व्यक्तिको नाममा जानु आपत्तिजनक छ। सत्य तथ्य पहिचान गरेर दोषीलाई कारबाही गर्नुपर्छ’, नेता रावलले भने।

सरकारले उक्त जग्गा फिर्ता ल्याउने निर्णय गरेकोमा धन्यवाद दिँदै रावलले फिर्ता ल्याएर मात्रै नहुने र दोषीलाई कानुनी दायरामा नै ल्याउनुपर्ने बताए।

नेता रावलले बालुवाटारलगायत देशभरका सार्वजनिक जग्गा हिनामिना भएको विषयमा निष्पक्ष छानविन गर्नपनि माग गरे। माधव कुमार नेपाल प्रधानमन्त्री हुँदा र आफू गृहमन्त्री रहेको बेला उक्त जग्गाबारे कुनै पनि औपचारिक प्रस्ताव र छलफल नभएको उनको भनाई छ।

२०७६ जेठ ६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्