News Portal

कुलमानसंग सांसद मोदीले पाँचलाख घुस मागेको खुलासा ? को हुन पाँच लाख माग्ने मोदी ?

मोटिभेटन्यूज संवाददाता
३६४१ पटक

काठमाडौं – मंगलबार संसदको सार्वजनिक लेखा समितिमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सत्तारढ  नेकपाका सांसद अमनलाल मोदीसँग भनाभन भयो ।

भनाभन हुँनुको कारण मोदीले कुलमानसंग पाँच लाख रुपैयाँ घुस मागेको खुलेको छ । कुलमानले घुस नदिएपछि सांसद मोदीले भ्रष्टाचारी भएको आरोप लगाएको खुलासा भएको छ ।

सांसद मोदीले प्राधिकरणको आयोजनामा असहयोग गरेका कारण काम ढिला भएको भन्दै आफ्नो निर्वाचन क्षेत्रमा करिब ६ महिनादेखि ३ किलोमिटर तार तान्न नदिनुले घुस मागेको स्पष्ट हुन्छ । मोरङको कटहरीमा निर्माण सम्पन्न भएको सबस्टेसनका लागि विद्युत पुर्याउन मोदीले उचालेका कारण स्थानियले काममा अवरोध गर्दै आएका छन ।

प्राधिकरण स्रोतका अनुसार केही समयअघि जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा प्रमुख जिल्ला अधिकारीकै अघि सांसद मोदीले ५ लाख रुपैयाँ पाए अवरोध हटाउन सघाउने बताएका थिए ।

दुहवी सबस्टेसनबाट लगिएको ३३ केभी प्रसारण लाइन निर्माणमा मोरङको ग्रामथाम गाउँपालिकाको गिदनियामा स्थानीयको अवरोध छ । ग्रामथाम मोदीको निर्वाचन क्षेत्रमा पर्छ ।

२०७४ को चुनावमा त्यस क्षेत्रका उद्योगीले मोदीलाई असहयोग गरेका थिए । त्यसकै रिस पोख्न मोदीले स्थानीयलाई परिचालन गराएर आयोजनाको काम रोकेको आरोप विद्युत प्राधिकरणको छ ।

स्थानीयको अवरोधका कारणले गर्दा दुहवीबाट सबस्टेसन संचालन (चार्ज) गर्न नसकिएको प्राधिकरणका विराटनगर शाखा प्रमुख राजीव सिंहले बताए ।

‘कटहरी औद्योगिक क्षेत्र पनि हो, अहिले त्यहाँ विद्युत आपूर्ति भइरहेको टंकिसिनुवारी सबस्टेसन थप लोड धान्न सक्ने अवस्थामा छैन,’ सिंहले भन्छन्, ‘कटहरी सबस्टेसन तत्काल चार्ज गर्न सकेनौं भने विराटनगरमा फोर्स लोडसेडिङ गर्नुपर्ने अवस्था आउँछ ।’

प्राधिकरणले बस्ती छल्दै सडकै सडक प्रसारण लाइन लैजाने गरी रुट तय गरेको छ । तर, पोलमा साढे तीन किलोमिटर तार तान्न सकिएको छैन ।

सांसद मोदीले स्थानीयको मागलाई साथ दिँदै प्रसारण लाइनको तार तान्न दिएका छैनन् । ऊर्जा जलस्रोत तथा सिञ्चाई मन्त्री वर्षमान पुनले हालै मात्र तार तान्न दिन मोदीलाई आग्रह गरेका थिए । तर, उनले मानेका छैनन् ।

जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी भने अवरोध हटाउन पहल गरेको तर, सफल नभएको स्वीकार गरे ।

उनले संघीय सांसद मोदी र प्रवेश सांसद विजय विश्वासलाई पनि यो स्थानमा अवरोध हटाउनका लागि सहजीकरण गर्न अनुरोध गरिएको बताए । ‘तर, माननीयहरुले पनि त्यति सहजीकरण गरिदिनुभएन,’ उनले भने, ‘काम रोकिएको रोकियै छ ।’

स्थानीय उद्योगी व्यवसायीले भने सबस्टेसन संचालन गर्नुपर्ने दबाव दिएका छन् । सबस्टेशन चार्ज हुन नसकेको विषयमा प्राधिकरण प्रमुख कुलमानले पनि नेकपा सांसद मोदीसँग कुरा गरेका रहेछन् ।

एक महिना अगाडि अर्थ मन्त्रालयको प्राङ्गणमा भेट हुँदा आफूले आयोजनाका लागि अवरोध हटाउन आग्रह गरेको घिसिङले बताए ।

‘असहयोग भएमा यो क्षेत्रमा फोर्स लोडसेडिङ हुने जानकारी गराएको थिएँ । तर उहाँले धम्क्याउने भन्दै लेखा समितिमा देखाउने’ चेतावनी दिनुभएको थियो,’ प्राधिकरण प्रमुख कुलमानले भने ।

को हुन कुलमान माथि खनिने मोदी ?

अमनलाल मोदी सत्तारुढ नेकपाको तर्फबाट प्रतिनिधि सभाका सांसद हुन । उनी २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा मोरङ ४ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । तत्कालीन नेकपा माओबादी केन्द्रका नेता मोदी अघिल्लो पटक संसदमा भएको कुर्षि फालाफाल काण्डमा मुछिएको थिए । संघियताको विषयमा संसदमा भएको विवादपछि मोदिले आफू बसेको कुर्षि उठाएर रोस्टम तिर फालेका थिए ।

विराटनगरका केही सोलार इन्भटर ब्यापारीसंग राम्रो सांटघाट भएका मोदीले नेपालमा फेरी लोडसेडिङ गराउन खोज्ने गिरोहको पछि लागेर कुलमानमाथि प्रहर गरेको बताइएको छ । चुनावमा लिएको खर्च तिर्नका लागि उनले मिनी संसदमा कुलमानको झाँको झारेको एक जना प्रतिनिधि सभाका साँसदले बताए । नाम उल्लेख नगर्ने सर्तमा नेकपाकै सांसदले भने, चुनावमा खर्च गर्नका लागि लिएको करोडौं रकम चुत्ता गर्नका लागि उनले हंगामा मचाएका हुन । कुलमानले भष्ट्राचार गरे नगरेको छानविन समितिले स्पष्ट पार्ला तर लोडसेडिङ अन्य पछि जसरी कुलमानलाई कमजोर बनाउने खेल सुरु भएको छ यसैको निरन्तरता स्वरुप मोदी कमरेडलाई प्रयोग गरिएको छ ।’

यो पनि पढ्नुहोस

कुलमानलाई भ्रष्टाचारी भन्ने सांसदको नालीवेली, जसले ब्यापारी संग कुम्ल्याए करोडौं

२०७६ जेठ ८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्