News Portal

ओली सरकारलाई ठुलो झड्का, राष्ट्रपती विद्येकको विपक्षमा ?

मोटिभेटन्यूज संवाददाता
६३१ पटक

काठमाडौं – सत्तारुढ नेकपाको दुई तिहाइ सरकारलाई ठुलो झट्का लागेको छ । एउटै पार्टीका प्रतिनिधि भएपनि प्रधामन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारी विच मतभिन्नता हुँदा सरकारलाई झट्का लागेको हो ।

संघिय संसदबाट पास भएर राष्ट्रपती भण्डारी कहाँ प्रमाणिकरणका लागि पुगेको राहदानी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक फिर्ता गरेपछि सरकारलाई झट्का लागेको हो ।

संसदका दुवै सदनले पारित गरेर प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पठाउनुपर्ने भए पनि प्रतिनिधिसभाले मात्र स्वीकृत गरेर पठाएको विधेयक राष्ट्रपतिले नेपालको संविधान अनुसार पुनविचार गर्न फिर्ता पठाएकी हुन्।

संविधानको धारा ११३ (२)मा विधेयक पुनर्विचार हुन आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागेमा पेश भएकोे १५ दिनभित्र सदनमा फिर्ता पठाउन सक्ने प्रावधान छ । राष्ट्रपतिले फिर्ता गरेको विधेयकमाथि दुवै सदनले पुनर्विचार गर्नुपर्ने हुन्छ ।

दुवै सदनले पारित गरी पुनः राष्ट्रपतिसमक्ष विधेयक पठाउनुपर्ने संवैधानिक व्यवस्था छ । दोस्रोपटक पठाइएको विधेयकमा राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने हुन्छ ।

राहदानी विधेयक प्रतिनिधिसभाले १० असोज पारित गरेको थियो भने भोलिपल्टै राष्ट्रिय सभामा टेबल भयो । तर, राष्ट्रिय सभाको प्रक्रियामै रहेको विधेयक दुई महिनाभित्र फिर्ता नआएको भन्दै सभामुख कृष्णबहादुर महराले वैशाख २५ गते प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएका थिए

२०७६ जेठ ९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्