News Portal

भाजपा एक्लैको ३०१ सिटमा अग्रता, काँग्रेसको अवस्था कस्तो ?

मोटिभेटन्यूज संवाददाता
४९८ पटक

काठमाडौं – भारतमा फेरि नरेन्द्र मोदी प्रधानमन्त्री हुने पक्का भएको छ । लोकसभा चुनावको जारी मतगणनामा भाजपा एक्लै बहुमत उन्मुख छ भने उसको गठबन्धन ३२८ सिटमा अगाडि छ । त्यसमा ३०१ सिट मोदीको पार्टी भारतिय जनता पार्टीको सिट हो ।

मतगणना चलिरहँदा वर्तमान प्रधानमन्त्री मोदीले भारतको जित भएको प्रतिक्रिया दिएका छन् ।

भाजपा कार्यकर्ताले देशभर खुसी मनाइरहेका छन् ।

चुनावी परिणामबारे कंग्रेस अध्यक्ष राहुल गान्धीले यसबारे केही बोलेका छैनन् । जारी मतगणनामा कांग्रेस गठबन्धन मात्र ८५ सिटमा अगाडि छ भने अन्य ११९ सिटमा अगाडि छ ।

लोकसभामा बहुमत ल्याउन २ सय ७२ सिट आवश्यक पर्छ । सन् २०१४ को निर्वाचनमा भाजपा एक्लैले २ सय ८२ सिटमा जित हासिल गरेको थियो । यस पटक त्यस भन्दा पनि बढी सिटमा अग्रता लिएको छ ।

२०७६ जेठ ९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्