News Portal

मोदीलाई झट्का : निर्वाचित भएकै दिन पाकिस्तानी नागरिकबाट करोडौं नक्कली नोट बरामद

मोटिभेटन्यूज संवाददाता
५५५ पटक

काठमाडौं – भारतीय लोक सभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीले अत्याधिक बहुमतले निर्वाचित भएकै दिन नेपालमा करोडौं भारतीय नोट सहित पाकिस्तानी नागरिक पक्राउ परेका छन । कठोर हिन्दुबादी नेता मोदीको विष्जयले पाकिस्तान तर्सिएको छ ।

नेपाल प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नक्कली भारु ७ करोड ६७ लाख ९४ हजार रुपैयाँ सहित पाकिस्तानी नागरिक नासिर उद्दिन, मोहमत अतर र नादिया अम्बर पक्राउ परेका हुन ।

विमानस्थलका प्रहरी प्रमुख एसएसपी सन्दीप भण्डारीका अनुसार ती नोटसहित पक्राउ पर्नेहरु युनुस अन्सारीको टिम रहेको खुलेको छ । दुई वटा व्रिफ केसमा बरामद नोट गणना गरेपछि प्रहरीले परिणाम सार्वजनिक गरेको हो ।

उनीहरु कतार एयरवेजमा पाकिस्तानबाट नेपाल आएको प्रहरीले जनाएको छ ।

को हुन् युनुस ?

युनुस यसअघि पनि नक्कली भारतीय रुपैयाँ कारोबार र लागूपदार्थ कारोबार गरेको आरोपमा पक्राउ परिसकेका व्यक्ति हुन् ।

प्रहरीको विशेष ब्युरोले उनलाई ११ माघ ०७० मा अन्सारीलाई ३५ लाख नक्कली भारतीय रुपैयाँसहित ललितपुरबाट पक्राउ गरेको थियो ।

केन्द्रीय कारागारमा रहँदा उनीमाथि गोली प्रहार समेत भएको थियो । पूर्वमन्त्री सलीममिया अन्सारीका छोरा युनुश पहिलो पटक पक्राउ पर्नुअघि नेसनल टेलिभिजनका सञ्चालकसमेत थिए ।

उनकी बहिनी उषाकिरण पहिलो संविधानसभाको निर्वाचनमा एकीकृत माओवादीतर्फ समानुपातिक सभासद थिइन् ।

२०७६ जेठ १० गते प्रकाशित

प्रतिकृया दिनुहोस्