News Portal

मोदीलाई पाकिस्तानी प्रधानमन्त्री खानले विश्वलाई चकित पार्नेगरी दिए बधाई

मोटिभेटन्यूज संवाददाता
८५९० पटक

नयाँ दिल्ली – भारतमा लोकसभा चुनावमा भारतीय जनता पार्टी भाजपाको शानदार जित भएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि मोदीलाई बधाइ एवम् शुभकामना दिएका छन् ।

खानले भाजपा र उसका सहयोगी दलहरुलाई मोदीमार्फत् बधाइ सन्देश दिएका हुन । उनको बधाई सन्देश विश्वलाई नै चकित पार्ने खालको छ ।
हरेक कुरामा फरकपन दिदै आएका खानले यो पटक पनि मोदीलाई यस्तै खालको सन्देश पठाएका छन् ।

भारत र पाकिस्तानको सम्बन्ध राम्रो नभइरहेको समयमा मोदीलाई खानले दक्षिण एसियाको शान्ति र विकासका लागि मोदीसँग मिलेर काम गर्न पाकिस्तान इच्छुक रहेको बताएका छन् ।

‘दक्षिण एसियाको शान्ति र विकासका लागि’ भन्ने शब्दले यी दुई देशको सम्बन्ध अगाडी बढ्न सक्ने विश्लेषकहरुको बुझाई छ ।

२०७६ जेठ १० गते प्रकाशित

प्रतिकृया दिनुहोस्