News Portal

सानदार चुनाव जितेका मोदीलाई तनाव, १५ जनाको मृत्यु

मोटिभेटन्यूज संवाददाता
३१९५ पटक

काठमाडौँ – सानदार चुनाव जितेका मोदीलाई चुनावको नतिजा सार्वजनिक हुँदै गर्दा भीषण आगलागी भएको छ । आगलागीका कारण १५ जना विद्यार्थीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन । आगलागीको कारण विद्युतको सर्ट सर्किट बताइएको छ ।

आगलागी भएको बिल्डिङमा कोचिङ सेन्टर चल्ने गर्थ्यो । आगो लागेका कारण पढिरहेका विद्यार्थीहरू झ्यालबाट जमिनमा हामफालेका थिए ।

अहिले आगो नियन्त्रणमा आएको बताइएको छ । उद्दारकर्ताहरूले आगो लागेको बिल्डिङमा फँसेकाहरूलाई सुरक्षित रूपमा निकालिरहेको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । आगोलाई नियन्त्रणमा लिन १८ दमकलको सहायता लिइएको थियो ।

२०७६ जेठ १० गते प्रकाशित

प्रतिकृया दिनुहोस्