News Portal

वियोगान्त देउडा गीत ‘कालो बादल’ सार्वजनिक

मोटिभेटन्यूज संवाददाता
६६२ पटक

काठमाडौँ – वियोगान्त देउडा गीत ‘कालो बादल’ भिडियो सार्बजनिक गरिएको छ । आर पी अवस्थी, दिपक संगम बिसी,देवी घर्ति र पूर्णकला बिसीको स्वर रहेको छ ।

आर.पी अवस्थीको शब्द तथा दिपक संगम बिसीको संगीत रहेको गीतको भिडियोलाइ भिम थापाले निर्देशन गरेका हुन् । भिडियोमा रश्मि भट्ट,आर पी अवस्थी, दिपक संगम बिसी,पशुपति खनाल,डोल बहादुर थापा,सूर्या मगरको अभिनय रहेको छ । भिडियोलाइ बासु बरालले छायाँकन गरेका हुन् । भिडियोमा समसामयिक र अहिलेको यथार्थ घटनालाइ चित्रण गरिएको छ ।

सुन्दर गाउँ गरिब तर सुखी परिवार , धनिहुने लोभमा साहुसंग रिण निकालेर छोरा बिदेश । यता घरमा मुटु भन्दा प्यारी छोरीको बलात्कार गरि हत्या र त्यही समयमा छोराको लास बिदेशबाट बाकसमा यस्तै यस्तै वियोगान्त गितिकथा हो “कालो बादल” ।

२०७६ जेठ ११ गते प्रकाशित

प्रतिकृया दिनुहोस्