News Portal

काँग्रेसमा राजीनामा दिनेको लर्को, अध्यक्षको राजीनाका विषयमा पनि बहस ?

मोटिभेटन्यूज संवाददाता
६६१ पटक

नयाँ दिल्ली – लोकसभा चुनावमा हार बेहोरेपछि भारतीय कँग्रेसको विभिन्न प्रदेशका अध्यक्षहरुले भटाभट राजीनामा दिन लागेका छन । काँग्रेसको पकटका रुपमा रहेको कर्नाटक, ओडिशा र उत्तरप्रदेशका काँग्रेस पार्टी अध्यक्षहरुले हारको जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन् ।

यता केन्द्रमा पनि राजीनामाका विषयमा बहस सुरु भएको छ । कार्यसमिति बैठकमा राहुल गान्धीले हारको जिम्मेवारी लिँदै पार्टीको अध्यक्ष पदबाट राजीनामा दिने प्रस्ताव गरेका छन् । तर उनको प्रस्तावलाई कार्यकारिणी सदस्यले अस्वीकार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बैठकमा पार्टीकी पूर्व अध्यक्ष सोनिया गान्धी, मनमोहन सिंह, गुलाम नबी आजाद, प्रियंका गान्धी वाड्रासमेत कयौँ नेता उपस्थित रहेका छन् ।

राजीनामा दिएर राहुल सन् २०१४ जस्तै पार्टीको खराब प्रदर्शनका लागि आफू जिम्मेवार भएको सन्देश दिन चाहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । सन् २०१४ मा काँग्रेसले ४४ सिट जितेको थियो भने यसपटक पार्टीले थप आठ सीट जितेको छ ।

बैठकमा लोकसभा चुनावमा बेहोरेको हारको समीक्षा गरिनेछ । विशेष गरेर मध्यप्रदेश, राजस्थान र छत्तीसगढ जस्ता क्षेत्र जहाँ पार्टीले पाँच महिनाअघि विधानसभा चुनावमा जित हासिल गरेको थियो । त्यस्तै, कर्नाटक विधानसभा चुनावमा बेहोरेको हारको पनि मन्थन हुनेछ ।

२०७६ जेठ ११ गते प्रकाशित

प्रतिकृया दिनुहोस्