मोटिभेटन्यूज संवाददाताकाठमाडौं

भदौ १३, काठमाडौँ – इन्डोनेसियामा जारी एसियाली खेलकुद प्रतियोगितामा नेपालले रजत पदक जित्न सफल भएको छ । बुधबार भएको प्याराग्लाइडिङको पुरुष टिम क्रस कन्ट्रीतर्फ जापानसँग झिनो अन्तरले पराजित हुँदै नेपालले रजत पदक जित्न सफल भएको हो । प्याराग्लाइडिङको उत्कृष्ट प्रदर्शनले नेपाल यसपटक एशियाली खेलकुदमा पदकबिहीन हुनुबाट बचेको छ ।
२०७५ भदौ १३ गते प्रकाशित
