News Portal

एसिया कप छनौट : ओमनसंग नेपाल ७ विकेटले पराजित

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२६१ पटक
काठमाडौं

भदौ १३, काठमाडौँ – एसीसी एसिया कप छनोट प्रतियोगितामा भइरहेको पहिलो खेलमा नेपाल ओमानसंग ७ विकेटले पराजित भएको छ।  टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय २१ रन बनाएको थियो । २२२ रनको लक्ष्य पछ्याएको ओमानले ४७ दशमलव ५ ओभरमा ४७ ओभरको अन्तिम बलमा चौका प्रहार गर्दै लक्ष्य भेट्टाएको हो ।

ओमानको जितमा खवर अलीले अविजित ८४ र जेसान मक्सुडले अविजित ५४ रन बनाए । मलेसियाको राजधानी क्वालालम्पुरस्थित वायुमास ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि पहिलो ब्याटिङ गर्ने क्रममा सागर पुनले ८३, ज्ञानेन्द्र मल्लले ४५,आरिफ शेखले ३६ र करण केसीले २६ रन जोडेका थिए । यस्तै कप्तान पारस खड्का ६, दिपेन्द्रसिंह ऐरी ९, सुवास खकुरेल ४, सोमपाल कामी ५ रनमा आउट भए ।

यस्तै रोहितकुमार पौडेलले खाता नै खोल्न सकेनन् । नेपालका लागि एकमात्र विकेट पारसले लिएका थिए भने अन्य २ ब्याट्सम्यान रनआउट भएका थिए । यस्तै आजै भएका अन्य खेलमा मलेसियाले हङकङ र युएइले सिङ्गापुरलाई पराजित गरेको छ ।

एसीसी एसिया कप छनोट प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, ओमन, युएई, सिंगापुर र हङकङ रहेका छन् । प्रतियोगिताको उपाधी विजेताले भारत र पाकिस्तानको समूहमा रहेर एसिया कप खेल्नेछ । नेपालले दोस्रो खेलमा बिहीबार (भोलि) यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।

२०७५ भदौ १३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्