News Portal

बन्द अपडेट : ट्रकमाथि आगजन, राजमार्ग ठप्प !

मोटिभेटन्यूज संवाददाता
८२७ पटक

हेटौडा – विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको नेपाल बन्दको प्रभाव विहानदेखि देखिन थालेको छ । बन्दलाई लक्षित गरेर थाहा नगरपालिका वडानम्बर १ कुन्छाल नजिकै ना ६ ख ८००७ नम्बरको आइचर गाडी जलाइएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भटराईले जानकारी दिएका छन् ।

यसैबीच त्रिभुवन राजपथ अन्तरगत हेटौंडाको चौकिटोलमा प्रहरी चौकि नजीकै ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी गराएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भटराईले बताए ।

बन्दको अघिल्लो दिन काठमाडौँमा सृंखलाबद्ध विस्फोट भएका थिए । बन्दका कारण राजमार्गहरु ठप्प भएका छन् ।

२०७६ जेठ १३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्