News Portal

विप्लवका नेतालाई सम्मान गर्दै सरकार, को–को छन सम्मानको लिष्टमा ?

मोटिभेटन्यूज संवाददाता
२७६२ पटक

काठमाडौं – सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेकपाका स्थायी समिति सदस्य सहित तिन जना नेतालाई सम्मान गर्ने भएको छ । पार्टीका स्थायी समिति सदस्य खड्गबहादुर विश्वकर्मा सहित पोलिटब्युरो सदस्य उमा भुजेल र सन्तोषकुमार बुढा मगरलाई सम्मान गर्ने भएको हो ।

सरकार आफैंले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरूलाई सम्मानित गर्ने भएपछि सबैलाई अच्चम लागेको छ । गणतन्त्र दिवसको अवसर पारेर १६ जेठमा विप्लव नेकपाका स्थायी समिति सदस्य सहितका नेताहरुलाई सरकारले संविधानसभा पदकबाट विभूषित गर्न लागिएको हो ।

पूर्वमन्त्री समेत रहेका विश्वकर्मा २०६४ सालमा कालीकोटबाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । विप्लव समूहकै अर्का नेता सन्तोषकुमार बुढा मगरले पनि संविधानसभा पदक पाउने भएका छन् । उनले २०६४ सालमा रोल्पा–२ बाट चुनाव जितेका थिए ।

यस्तै, विप्लव समूहकी पोलिटब्यूरो सदस्य उमा भुजेललाई पनि सरकारले गणतन्त्र दिवसको अवसरमा सम्मानित गर्ने भएको छ । उनी पहिलो संविधानसभामा निर्वाचनमा गोरखाबाट समानुपातिक सभासद बनेकी थिइन् ।

भुजेललाई २०७५ भदौमा बालाजुबाट प्रहरीले पक्राउ गरेको छ । भुजेललाई आगजनी सम्बन्धी मुद्दामा अनुसन्धान गर्न भन्दै पक्राउ गरेको थियो ।

२०७६ जेठ १३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्