News Portal

विप्लवको बन्दले प्रदेशसभा स्थगित

मोटिभेटन्यूज संवाददाता
२३२ पटक

जनकपुरधाम – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आयोजना गरेको नेपाल बन्दका कारण प्रदेशसभा स्थगित भएको छ । बन्दका कारण प्रदेश २ को प्रदेशसभा बैठक स्थगित भएको हो ।

बैठक सोमबार दिउँसो २ बजेका लागि बोलाइएको थियो । तर, बन्दका कारण देखाउँदै बैठक स्थगित गरिएको छ ।

प्रदेशसभाको अर्को बैठक अब भोलि (मंगलबार) दिउँसो २ बजेका लागि निर्धारण गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

प्रदेश २ का अधिकांस सांसद बैठकमा भाग लिन आफ्नो घरबाटै आउने गर्छन् । सप्तरीदेखि पर्सासम्मका सांसदहरु घरबाटै आउनुपर्ने भएकोले बैठक स्थगित गरिएको उनले बताए ।

२०७६ जेठ १३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्