News Portal

यसरी गरियो पशुपति आर्यघाटमा बम विस्फोटबाट ज्यान गुमाएका प्रज्वल शाहीको अन्त्यष्टी (फोटो फिचर)

मोटिभेटन्यूज संवाददाता
४०६१ पटक

काठमाडौं – काठमाडौंको अनामनगरस्थित घट्टेकुलोमा भएको प्रेसर कुकर बम विस्फोटबाट मृत्यु भएका प्रज्ज्वल शाहीको आज पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ । सोमबार बेलुकी पशुपति आर्यघाटमा शाहीको अन्त्यष्टी गरिएको हो ।

आइतबार घट्टेकुलोस्थित लोकमन्जरी कार्कीको एक तले घरमा कुकर बम विस्फोट हुँदा प्रज्वल शाहीको मृत्यु भएको थियो ।

बझाङ घर भएका शाही नेत्रविक्रम चन्दसँग विप्लव नेतृत्तवको नेकपा निकट विद्यार्थी सङठनका केन्द्रीय सदस्य थिए ।

उनी अखिल क्रान्तिकारी सीटीइभीटी इकाइका सभापति थिए । यो बम विस्फोटमा त्रिचन्द क्याम्पसमा विप्लवका विद्यार्थी इकाई सभापति रविन केसी घाइते भएका छन्।

फोटो : जन्मदेव जैशी

२०७६ जेठ १३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्