मोटिभेटन्यूज संवाददाताकाठमाडौं

भदौ १३, काठमाडौँ –बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना काठमाडौँ आइपुगेका छन् । बुधबार र बिहीबार काठमाडौंमा हुने बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन उनी नेपाल आएका हुन् ।
उनलई त्रिभुवन विमानस्थलमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे । उनको यो पहिलो सद्भाव भ्रमण पनि हो। उनी बुद्ध जन्मभुमि लुम्विनी भ्रमणमा जाने कार्यक्रमसमेत तय भएको छ।
२०७५ भदौ १३ गते प्रकाशित
