News Portal

आइतबार भएको बम विस्फोटमा ज्यान गुमाउने सैन्य कमाण्डर !

मोटिभेटन्यूज संवाददाता
३१२ पटक

काठमाडौं– काठमाडौंमा आइतबार भएको बम विस्फोटमा ज्यान गुमाउने चार जना मध्ये तीन जना विप्लव समूहका सैन्य कमान्डर भएको आजको राजधानी दैनिकले समाचार छापेको छ ।

आइतबारको घटना के कसरी भयो भन्ने सत्यतथ्य बाहिर ल्याउनेसमेत विप्लव नेकपाले विज्ञप्तिमार्फत जनाएको छ । प्रहरीले भने विस्फोटमा परी सुकेधारामा कालिकोटका विभुराम भ्रन्ने दिपेश विक, दाङको बबई गाउँपालिकाका गोकुल रानामगर र ठेगाना नखुलेका निरन्तर मल्लको मृत्यु भएको बताएको छ । यस्तै घट्टेकुलोमा भएको विस्फोटमा प्रज्वल शाहीको मृत्यु भएको जनाएको छ ।

आतंककारी गतिविधिमा संलग्न रहेको भन्दै राजनीतिक रुपमा नै प्रतिबन्ध लगाइएको नेत्रविक्रम च्रन्द विप्लव नेतृको दल नेपाल कम्युनिस्ट पार्टीप्रति सरकार झन आक्रामक बनेको छ ।

आइतबार नेकपाका नेता कार्याकर्ताले बोकेका र बनाउँदै गरेका बम शृंखलाबद्धरुपमा विस्फोटको घटनापछि सरकार चन्द नेतृत्वको नेकपासँग झनै आक्रामक देखिएको हो । आइबारको घटनापछि सरकारले सो समूहका नेता तथा कार्यकर्तालाई उच्च निगरानीमा राख्न र सवै सुरक्षा निकायलाई हाई अलर्टमा रहन निर्देशन दिएको छ ।

२०७६ जेठ १४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्