
काठमाडौँ – आज देशको पूर्वी क्षेत्र बाहेक सम्पूर्ण भूभागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान शाखाले जनाएको छ ।पूर्वी क्षेत्रको मौसम आंशिक बदली हुने सम्भावना रहेको र बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहे पनि अपराहन्नपछि वा बेलुकातिर मध्य र पश्चिमका पहाडी क्षेत्रमा आंशिक बदली हुने सम्भावना रहेको छ ।पूर्वका थोरै ठाउँमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । मध्य तथा पश्चिमको पहाडी क्षेत्रका एक–दुई स्थानमा बेलुकातिर मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना पनि रहेको छ ।
यस्तो छ तीन दिनको मौसमसम्बन्धी विवरणः
जेष्ठ १४ गते (मंगलबार)
दिउँसो देशका पूर्वी भूभागमा आंशिक बदलि रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । अपरान्ह पश्चात वा साँझतिर मध्य र पश्चिमी पहाडी भेगमा आंशिक बदलि हुनेछ । देशका पूर्वी भूभागका थोरै स्थानहरुमा मेघगर्जन सहित हल्का वर्षाको संभावना छ भने अन्य पहाडी भेगका एक दुई स्थानहरुमा अपरान्ह पश्चात वा साँझतिर मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
राति देशका पूर्वी भेग लगायत मध्य र पश्चिमी पहाडी भेगमा आंशिक बदलि रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । पूर्वी भेगका थोरै स्थानहरुमा मेघगर्जन सहित हल्का वर्षाको संभावना छ ।
जेष्ठ १५ गते (बुधबार)
दिउँसो देशका पूर्वी र मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागमा आंशिक बदलि रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी र मध्य भूभागका केहि र पश्चिमी पहाडी भेगका एक दुई स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ। राति देशका पूर्वी भूभाग लगायत अन्य पहाडी भूभागमा आंशिक बदलि रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी पहाडी भेगका एक दुई स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
जेष्ठ १६ गते (विहिबार)
दिउँसो देशका पूर्वी र मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागमा आंशिक बदलि रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी र मध्य भूभागका केहि र पश्चिमी पहाडी भेगका एक दुई स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ । राति देशका पूर्वी भूभाग लगायत अन्य पहाडी भूभागमा आंशिक बदलि रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ ।देशका पूर्वी पहाडी भेगका एक दुई स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।
२०७६ जेठ १४ गते प्रकाशित
