मोटिभेटन्यूज संवाददाताकाठमाडौं

आइतबार चारजनाको ज्यान जाने गरी उपत्यकामा शृंखलाबद्ध विस्फोट भए । सोमबारसम्म ११ ठाउँमा विस्फोटक पदार्थ रहेको सूचना आएकोमध्ये नौ ठाउँमा विस्फोटक पदार्थ भेटिएको नेपाली सेनाले जानकारी दिएको छ ।
सुकेधारामा टाइम बम विस्फोट भएको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए । घट्टेकुलोमा विस्फोट भएको रिमोट कन्ट्रोलबाट चल्ने बम र नागढुंगामा विस्फोट भएको प्रेसर कुकर बम रहेको उनले बताए ।
सेनाले डिस्पोज गरेको लगनखेल, ग्वार्को, घट्टेकुलोमै भेटिएको अर्को, भैँसेपाटी र नयाँ बसपार्कमा भेटिएको पनि प्रेसकुकर बम हो । त्यसबाहेक चापागाउँमा भेटिएको भने रिमोट कन्ट्रोलबाट चल्ने विस्फोटक पदार्थ हो । सुकेधारामै भेटिएको एक र नैकापमा भेटिएको अर्को भने नक्कली बम रहेको सेनाको भनाइ छ ।यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकासित भएको छ ।
२०७६ जेठ १४ गते प्रकाशित
