News Portal

क्रान्तिकारी पत्रकार संगठनले यसरी सम्झियो कृष्णसेन ईच्छुकलाई (फोटो फिचर)

मोटिभेटन्यूज संवाददाता
३१० पटक

काठमाडौं – क्रान्तिकारी पत्रकार संगठन, नेपालले अन्तरक्रिया गर्दै महान सहित कृष्णसेन इच्छुकको १७ औँ स्मृति सभा सम्पन्न गरेको छ । सोमबार राजधानीको संवाद चौतारीमा एक कार्यक्रमकाबीच क्रान्तिकारी पत्रकार संगठन नेपालले अन्तरक्रिया गर्दै इच्छुक स्मृति सभा गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रभात चलाउनेले कृष्णसेन ईच्छु नेपाली क्रान्तिकारी आन्दोलन तथा पत्रकारिता क्षेत्रका महान व्याक्ति भएको बताए । उनले भने, ‘हिजो इच्छुकलाई जसरी राजनीतिक आस्थाका आधारमा राज्यले हत्या गर्यो । हिजो जसले कृष्णसेनहरुको हत्या गरे । उनै मानिसहरुको फुली थपिएको छ ।’

चलाउनेले अगाडी थपे, ‘तर इच्छुकका हत्यारालाई कारबाही गर्नुको साटो पुरस्कृत गरेको छ । आज पनि राज्यले पत्रकारहरुलाई आस्थाकै आधारमा पक्राउ गरिरहेको छ । शाषक फेरिए तर व्यवहार फेरिएन । मुख्य गरि राज्यको चरित्र पुरातन खालकै भयो । त्यसले समस्याको सामधान गरेन । त्यसकारण त्यसको मुल कुरा भनेको राज्यसत्ताको चरित्र बदल्नु हो ।’

त्यस्तै प्रगतीशील पत्रकार संघका अध्यक्ष नारायण शर्मा भने, ‘कृष्ण सेन नेपाली पत्रकारिता क्षेत्रका आदर्श थिए । उनको सरल व्यवहार थियो । उनी वर्गीय आन्दोलन प्रति इमान्दार थिए । त्यसकारण राज्यले उनको हत्या गर्यो ।’
शर्माले हत्यारालाई सरकारले कारबाही गर्नु पर्ने बताए । त्यस्तै प्रेस सोसाईटीका अध्यष केशब अर्यालले कृष्ण सेन इच्छुकका सपना पुरा गर्न सबै पत्रकारहरु लाग्नु पर्ने बताए । त्यसैगरी रेडियो मिर्मिरेका डाईरेक्टर खम्बु चन्दले इच्छुक वर्गीय आन्दोलनका लागि महान व्याक्ति भएको भन्दै कृष्ण सेन इच्छुकको सपना साकार गर्नु भनेको आफ्नो वर्गप्रतिको निस्टा भएको बताए ।

कार्यक्रमको अध्यक्षता क्रान्तिकारी पत्रकार संगठन नेपालका उपाध्यष जन्मदेव जैसीले गरेका थिए भने कार्यक्रमको संचालन महासचिव बाबुराम भुसालले गरेका थिए । मिति २०५९ जेठ १३ गतेका दिन पत्रकार तथा चर्चित सास्कृतिक योद्धा कृषणसेन इच्छुकलाई राजधानीको महेन्द्र पुलिस क्लबमा तत्कालीन डिएसपी विक्रमसिंह थापा नेतृत्वको प्रहरीको टोलीले चरम यातना दिएर हत्या गरेको दिनको सम्झनामा पत्रकारहरुले इच्छुक दिवस मनाउँदै आएका छन् ।

२०७६ जेठ १४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्