News Portal

सुकेधार बम विस्पोटमा मृत्यु भएका दिपेन्द्रको राष्ट्रिय सम्मानसहित अन्तेष्टी (भिडियो सहित)

मोटिभेटन्यूज संवाददाता
४४५४ पटक

काठमाडौं – १२ गते भएको बम विस्पोटमा परि ज्यान गुमाएका देउराम लुवार (दिपेन्द्र) को पश्पति आर्याघाटमा राष्ट्रिय सम्मानकासहित अन्त्यष्टी गरिएको छ । बुधबार परिवार, आफन्त र पार्टी पंतिको उपस्थितिमा लुवारको अन्त्यष्टी गरिएको हो ।

उपस्थित आफन्त तथा पार्टीका जिम्मेवार ब्यतित्वहरुले कम्युनिस्ट पार्टीको हँसिया हतौडा अंकित लाल भण्डा तथा सुर्य चन्द्र अंकित नेपालको राष्ट्रिय भण्डा ओडाएर सम्मान गर्दै उनको अन्त्यस्टी गरिएको थियो । १३ गतेका लागि पार्टीले आह्वान गरेको नेपाल बन्द सफल पार्नका लागि प्राविधिक तयारी गर्दै गर्दा लुवारको निधन भएको थियो । उक्त घटनामा उनी सहित ३ जनाको मृत्यु भएका थियो । सोही दिन काठमाडौंकै अनामनगरमा पनि बम बिस्पोट हुँदा विद्यार्थी नेता प्रज्वल शाहीको निधन भएको थियो ।

को हुन दिपेन्द्र ?

नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक टिममा कार्यरत देउराम लुवार (दिपेन्द्र) कालिकोट जिल्लाको सान्नी त्रिबेणी गाउँपालिका स्थित मुम्रा निवासी हुन । ल्याप टेक्निसियन अध्ययन गरेका लुवार विद्यार्थी संगठनमा पनि लामो समय काम गरेर आफ्नो इमान्दारित प्रस्तुत गरेकै कारण पार्टीले उनलाई आन्तरिक टिममा समावेस गरेको थियो । बुवा लक्ष्य लुवार र आमा धना लुवारको काखबाट भर्ति टेकेका दिपेन्द्रका एक दाई, एक भाई श्रीमति र २ छोरा छन ।

सबैसंग मिलनसार उनी दलाल संसदिय ब्यबस्थाको विरुद्धमा लामबद्ध हुँदै संसदिय राज्य ब्यबस्थाले देशको विकास गर्न नसक्ने भन्दै नेकपामा आबद्ध भएका थिए । केही समय विदार्थी राजनीति गरेका लुवारले २ बर्ष अघिमात्रै आन्तरिक टिममा आबद्ध भएका थिए ।

संसदिय ब्यबस्थालाई ढालेर जनताले प्रत्यक्ष शासन गर्ने बैज्ञानिक समाजबाद साम्यबाद स्थापनाका गर्नु उनको महान सपना थियो । उनका यी सपना पुरा गर्नुमा नै उनकालागि सच्चा श्रदाञ्जली हुनेछ ।

 

हेर्नुहोस अन्त्यष्टीको भिडियो

२०७६ जेठ १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्