News Portal

जग्गा दलालबाट ठगीएका बिष्णु पौडेललाई नेबिसंघको उपहार, के छ उपहारमा ?

मोटिभेटन्यूज संवाददाता
६५० पटक

बुटवल– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ रुपन्देहीले बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेकपाका महासचिव विष्णु पौडेललाई क्षतिपुर्ति दिन एक रुपैंया अभियान सुरु गरेको छ । जग्गा खरिद गर्दा पौडेल ठगिएकाले क्षतिपूर्ति पाउनुपर्ने सरकारका प्रवक्ता गोकुल बास्कोटाको भनाइलाई व्यंग्य गर्दै नेविसंघ रुपन्देहील रकम संकलन गरेको हो ।

‘बालुवाटारको सरकारी जग्गा खरिदको क्रममा ठगिएका पीडित नेकपा महासचिव, रुपन्देही क्षेत्र नम्बर २ वाट निर्वाचित सांसद एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलज्यूलाई क्षतिपूर्ति स्वरुप १ रुपैंया सहयोग संकलन कार्यक्रम’ लेखिएको कालो ब्यानर बोकेर नेविसंघले अभियान सुरु गरेको हो ।

आइतवारबार ६ सय ५५ रुपैंया संकलन भएको नेविसंघ बुटवल बहुमुखी क्याम्पसका सभापति दिनेश पौडेलले जानकारी दिए ।  नेविसंघ रुपन्देहीे निर्वतमान सभापति सन्तोष डिसीको को नेतृत्वमा बुटवलको ट्राफिक चोकमा एक रुपैंयाका दरले बटुवासँग रकम संकलन गरिएको थियो । संकलित रकम इलाका प्रसाशन कार्यालय बुटवलमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यालयमा पठाएको नेपाली काँग्रेसका नेता अजय रावतले बताए ।

कार्यक्रममा नेविसंघकी पूर्व केन्द्रीय सदस्य जमुना ढकाल, सरस्वती साँस्कृतिक क्याम्पसका स्ववियु सभापति विष्णु पौडेल, लुम्बिनी वाणिज्य क्याम्पसका सभापति सुरज क्षेत्री, सिद्घार्थ गौतमबुद्घ क्याम्पसका सभापति महेश शर्मा, लुम्बिनी इन्जिनीयरिङ्ग कलेजका सभापति शम्शेर खडका, तरुण दलका नेता विमल गुरुङ, सुदिप गुरुङ विद्यार्थी नेत्री सञ्जु चापागाई र एलिसा टण्डन लगायतको उपस्थिती रहेको थियो ।

२०७६ जेठ १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्