News Portal

अब सबै सरकारी विद्यालयमा निःशुल्क सेनेटरी प्याड उपलब्ध हुने

मोटिभेटन्यूज संवाददाता
२४० पटक

काठमाडौं– अब सम्पूर्ण सरकारी तथा सामुदायिक विद्यालयमा निःशुल्क रुपमा सेनेटरी प्याड उपलब्ध हुने भएको छ ।

विद्यालयमा अध्ययन गर्ने किशोरीले महिनावारी भएको बेला प्रयोग गर्नेगरी सरकारले देशका सबै सरकारी तथा सामुदायिक विद्यालयमा निःशुल्क प्याड उपलब्ध गराइने घोषणा गरेको हो ।

बुधबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले विद्यालय तहमा अध्ययन गर्ने किशोरीलाई लक्षित गरी निःशुल्क प्याड वितरणका लागि रकम विनियोजन गरिएको बताएका हुन् ।

२०७६ जेठ १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्