News Portal

प्रदेशका लागि ५५ अर्ब ३० करोड र स्थानीय तहका लागि ८९ अर्ब ९५ करोड

मोटिभेटन्यूज संवाददाता
२४५ पटक

काठमाडौं– सरकारले आर्थिक वर्ष २०७६ / ७७ का लागि प्रदेशका लागि ५५ अर्ब ३० करोड र स्थानीय तहका लागि ८९ अर्ब ९५ करोड समानिकरण अनुदान विनियोजन गरेको छ ।

बुधबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराझ खतिवडाले आर्थिक वर्ष २०७६ / ७७ को बजेटमा प्रदेशका लागि ५५ अर्ब ३० करोड र स्थानीय तहका लागि ८९ अर्ब ९५ करोड समानिकरण अनुदान विनियोजन गरेको बताएका हुन् ।

यस्तै सरकारले प्रदेशलाई ४४ अर्ब ५५ करोड र स्थानीय तहलाई १ खर्ब २३ अर्ब ८७ करोडको सशर्त अनुदान विनियोजन गरेको छ ।

२०७६ जेठ १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्