News Portal

बानेश्वरमा अण्डर पास, कोटेश्वरमा शुरुङ र माइतीघरमा फ्लाइओभर बनाइने

मोटिभेटन्यूज संवाददाता
४८३ पटक

काठमाडौं– सरकारले काठमाडौंको सवारी जाम हटाउन सुरुङमार्ग र अण्डरपास बनाउनका लागि आगामी आर्थिक वर्षभित्रै काम शुरु गर्ने घोषणा गरेको छ ।

बुधबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले काठमाडौं उपत्यकाको ट्राफिक जाम हटाउन सुरुङ मार्ग र अण्डर पास बनाइने बताए ।

अर्थमन्त्री खतिवडाले सूर्यविनायक–धुलीखेल (काभ्रे) सडकको स्तरोन्नति गर्ने, तीनकुने–कोटेश्वर–जडिबुटी शुरुङ मार्ग र नयाँ बानेश्वरमा अण्डर पास तथा त्रिपुरेश्वरदेखि माइतघरसम्मको फ्लाइओभरको विस्तृत सम्भाव्यता अध्ययन गरी आगामी आर्थिक वर्षभित्रै निर्माण कार्य शुरु गरिने बताए ।

अर्थमन्त्री खतिवडाले नागढुङ्गा–नौबिसे सुरुङमार्ग तथा सडकमार्ग निर्माणको काम पनि शुरु गरिने बताए ।

अर्थमन्त्री खतिवडाले काठमाडौंको चक्रपथ विस्तार कार्य सम्पन्न गर्न १ अर्ब ८१ करोड रुपैयाँ विनियोजन गरिएको पनि जानकारी दिए ।

२०७६ जेठ १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्