News Portal

सांसदलाई ६ करोड बजेट

मोटिभेटन्यूज संवाददाता
२२९ पटक

काठमाडौं– सरकाले प्रत्येक निर्वाचन क्षेत्रको बजेट वृद्धि गर्दै ६ करोड पुर्‍याएको छ । चालु आर्थिक वर्षबाट शुरु गरिएको स्थानीय पूर्वाधार विकास साझदारी कार्यक्रमको वृद्धि गरी प्रत्येक निर्वाचन क्षेत्रमा ६ करोड पुर्‍याउन रु ९ अर्ब ९० करोड बिनियोजन गरिएको छ ।

यस कार्यक्रमका आयोजना छनोट तथा अनुगमनमा प्रतिनिधि सभाका तथा राष्ट्रिय सभाका सवै माननीय सदस्यको भूमिका रहने गरी कार्यविधि परिमार्जन गरिनेछ । एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा संयुक्त रुपमा आयोजना छनोट गर्न सक्ने व्यवस्था मिलाइने छ । स्थानीय तहसँगको लागत सहभागीतामा सवै स्थानीय तहको न्यूनतम पूर्वाधार विकास गरिनेछ ।

मानवविकास सूचकांकमा पछि परेका जिल्लाहरुको भौतिक पूर्वाधारको निर्माणमा जोड दिइने छ ।

२०७६ जेठ १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्