News Portal

सरकारी कर्मचारीको तलब बढ्यो

मोटिभेटन्यूज संवाददाता
१३८१ पटक

काठमाडौं– सरकारी कर्मचारीको तलब रकम बढेको छ। सरकारी सेवामा रहेका राजपत्र अनंकित कर्मचारीहरुका लागि २० प्रतिशत र राजपत्र अंकित कर्मचारीका लागि १८ प्रतिशतले तलब बढेको हो।

महंगीभत्ता र पोशाक भत्ता यथावत राखिएको छ।

कर्मचारी ऐन अनुसार हरेक २ वर्षमा कर्मचारीको तलब सुविधा समाजोजना गर्नुपर्ने काननी व्यवस्था रहेपछि पछिल्लो तीन वर्षयता तलब सुविधा बढेको थिएन।

यद्दपी, चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले घुमाउरो पाराले महंगी भत्ता २ हजार रुपैयाँ र पोशाकभत्ता ८ हजार बाट १० हजार रुपैयाँ बनाएको थियो। त्यसैगरी चालु आर्थिक वर्षको बजेटले सबै राष्ट्रसेवक कर्मचारीको २ लाख रुपैयाँ बराबरको बीमामा ५० प्रतिशत प्रिमियम सरकारले तिरिदिने व्यवस्था गरेको थियो।

२०७६ जेठ १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्