News Portal

यही बर्ष कलंकी–महाराजगञ्ज सडक ८ लेनको बन्ने, अर्थमन्त्रीले कति छुट्याए बजेट ?

मोटिभेटन्यूज संवाददाता
३१० पटक

काठमाडौं – सरकारले कलंकी–बालाजु–महाराजगञ्ज सडक खण्ड विस्तारको लागि बजेट विनियोजन गरेको छ । यो आयोजनाका लागि आगामी वर्षको बजेटमार्फत १ अर्ब ८१ करोड बजेट छुट्याइएको छ ।

सरकार अहिले यो खण्डको चीन सरकारबाट प्राप्त हुने डिजाइन कुरिरहेको छ । सडक विभागले सडकसीमा क्षेत्रभित्रका संरचनाहरु हटाउन यसअघि नै सूचना निकाले पनि अझै निर्माण सुरु गर्न चीनले डिजाइन दिएको छैन ।

अहिले विस्तार भइरहेको कलकी–कोटेश्वर खण्डमा चीन सरकारले दिएको डिजाइन नै स्वीकृत गर्दा बनाइ नसकिँदै सुधारका लागि भत्काउनुपर्ने अवस्था आएको छ । अब चक्रपथको बाँकी खण्डको डिजाइन भने कलंकी–कोटेश्वरको भन्दा वैज्ञानिक हुने विभागको भनाइ छ । बाँकी १७ किमि सडकमा मेडियन अर्थात् दुई सडकको बीचमा लेन छुट्याउने भाग राखिनेछ ।

कुल २७ दशमलव दुई किलोमिटरमध्ये कलंकी–महाराजगञ्ज खण्ड ८.२ किमि लम्बाइको छ । चीनले केही वर्षअघि नै रिंगरोडलाई तीन चरणमा विस्तार गर्ने प्रतिवद्धता जनाइसकेको थियो ।

२०७६ जेठ १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्