News Portal

अर्थमन्त्रीले किन बढाए पेट्रोलियम पदार्थको मूल्य ? जनतालाई घाटा कि नाफा ?

मोटिभेटन्यूज संवाददाता
६५२ पटक

काठमाडौं – अथमन्त्री डा. युवराज खतिवडाले पेट्रोलियम पदार्थको मुल्य बढाएका छन । सडक मर्मतको लागि पेट्रोलियम पदार्थमा थप १ रुपैयाँ कर लगाइने बजेट मार्फत बताएका छन । अर्थमन्त्री बुधबार संघीय स‌ंसदमा आर्थिक वर्ष २०७६/०७७ को बजेट पेश गर्दै पेट्रोलियम पदार्थमा १ रुपैयाँ थप कर लगाइने बताएका हुन् ।

उनले सरकारले निर्माण गर्ने सबै सडक कम्तिमा दुई लेनको हुने बजेटमा उल्लेख गरे । सडक मर्मतको लागि पेट्रोलियम पदार्थमा १ रुपैयाँ थप कर लगाइने मन्त्री खतिवडाले उल्लेख गरे ।

यसका साथै सरकारले विभिन्न सडकहरुको निर्माण र स्तर उन्नतिको लागि बजेट बिनियोजन गरेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार संघीय स‌ंसदमा आर्थिक वर्ष २०७६/०७७ को बजेट प्रस्तुत गर्दै पूर्व-पश्चिम राजमार्गलाई डेडिकेटेड चार लेनको बनाउन काम सुरु गर्ने जनाएका छन् । पूर्व-पश्चिम राजमार्गलाई डेडिकेटेड चार लेनको बनाउन १९ अर्ब १८ करोड रुपैयाँ बजेट विनियोज गरेको उनले संसदमा जानकारी दिए ।

यसका साथै उनले यस्तै मध्यपहाडी लोकमार्गलाई १३ अर्ब २० करोड बजेट छुट्याइएको जानकारी दिए ।

त्यसतैगल्छी त्रिशुली मैलुङ सडकलाई १ अर्ब ५८ करोड, मदन भण्डारी राजमार्गका लागि ४ अर्ब ८२ करोड र बीपी राजमार्गको लागि ९६ करोड बजेट बिनियोजन गरिएको उनले जानकारी दिए ।

टोखा-छहरे सुरुङ मार्गको विस्तृत अध्ययन गरी निर्माण गर्नका लागि बजेट छुट्याइएको अर्थमन्त्रीले संसदलाई जानकारी गराए । हरेक निर्वाचन क्षेत्रमा एक रणनीति सडक निर्माण अगाडि बढाइने उनले बजेटमा जानकारी दिए ।

प्रदेश तथा स्थानीय तहको कार्यक्षेत्रमा रहेका पुलको निर्माण सम्पन्न गरी हस्तान्तरण गरिने बजेट भाषणमा उल्लेख गरिएको छ । त्यसतै २ सय पुल निर्माण गर्न ७ अर्ब ४७ करोड बजेट बिनियोजन गरिएको अर्थमन्त्रीले जानकारी दिए ।

यसका साथै रेल र जल यातायातको लागि१ खर्ब ६३ अर्ब बिनियोजन गरिएको छ । उनले उच्च प्रविधि युक्त आयोजनालाई उपकरण उपलब्ध गराउन पूर्वाधार निर्माण कम्पनी सञ्चालनमा ल्याइने जनाए ।

काठमाडौलाई चीन र भारत दुवै तिर जोड्ने गरी २ वर्षभित्र निर्माण सुरु गरिने बजेटमा उल्लेख गरिएको छ ।

२०७६ जेठ १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्