मोटिभेटन्यूज संवाददाताजेठ १६ काठमाडौं

उपत्यकासहित देशको पहाडी क्षेत्रको मौसम बदली भैरहेको छ । स्थानीय वायुको प्रभावका कारण बिहीबार बिहान मौसम बदली भई पहाडी भूभागका केही स्थानमा पानी परेको मौसमविद् वरुण पौडेलले जानकारी दिए ।
बिहीबार बिहान पहाडी भेगका धेरैजसो ठाउँमा बद्ली हुने र दिउँसो खुल्ने सम्भावना रहेको उनले बताए । स्थानीय वायुको प्रभावका कारण बेलुका फेरि बदली भई मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् पौडेलले बताए ।
बुधबार बेलुका काठमाण्डौ उपत्यकामा १३ मिलिमिटर पानी परेको थियो ।
२०७६ जेठ १६ गते प्रकाशित
