News Portal

राशिअनुसार आजको तपाईको दिन केकस्तो रहन्छ ? हेर्नुहोस् राशिफल

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३६५ पटक
काठमाडौं

भदौ १४, काठमाडौँ – पञ्चाङ्ग वि.सं. २०७५ साल भदौ १४ गते। बिहीबार। इश्वी सन् २०१८ अगस्ट ३० तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३८ गुँलागा। भाद्र कृष्णपक्ष। तिथि– चतुर्थी, १९:४२ बजेउप्रान्त पञ्चमी। नक्षत्र– रेवती, १८:५५ बजेउप्रान्त अश्विनी। योग– गण्ड, २०:३२ बजेउप्रान्त वृद्धि। करण– वव, ७:४२ बजेदेखि वालव, १९:४२ बजेउप्रान्त कौलव। आनन्दादिमा मित्र योग। चन्द्रराशि– मीन, १८:५५ बजेउप्रान्त मेष। काठमाडौंमा सूर्योदय– ५:४२ बजे, सूर्यास्त– १८:२५ बजे र दिनमान ३१ घडी ४९ पला। पञ्चक १८:५५ बजे समाप्ति।सर्वार्थसिद्धि योग १८:५५ बजेसम्म।

मेष– प्रयास गर्दा टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यवसायमा लगानी बढाउन सकिनेछ । स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ ।

वृष– विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन ।

मिथुन– मान–सम्मान बढ्नेछ भने बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ ।

कर्कट– नयां काममा सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ ।

सिंह– आज मनग्य धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ ।

कन्या– पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ भेटिनेछन् ।

तुला– प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ ।

वृश्चिक– नया काममाा हातामा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला ।

धनु– कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ ।

मकर– रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका जुट्न सक्छ ।

कुम्भ– रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला ।

मीन– आजको काममा खर्च लागे पनि दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ ।

कहिले काही हाम्रा कुराहरू Share गदै गर्नु होला । हाम्रा सेवा सुविधाका बारेमा बुझ्न 9841405073 मा सम्पर्क गर्नु हाेला । ज्याेतिष विज्ञान अनुसन्धान केन्द्र, काठमाडाैं

२०७५ भदौ १४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्