News Portal

उत्साहित हुँदै भारत गएका प्रधामन्त्री ओलीको ठुलो अपमान

मोटिभेटन्यूज संवाददाता
१३९१७ पटक

काठमाडौं– भारतीय प्रधानमन्त्रीको निमन्त्रणामा नरेन्द्र मोदीको सपथ ग्रहणमा भारत गएका प्रधामन्त्री ओलीको ठुलो अपमान भएको छ ।

ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ समारोहमा सहभागी हुन बिहीबार दिउँसो दिल्ली प्रस्थान गरेका थिए । भारतले ओलीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश सचिव विजय गोखले स्वागत गरेर नेपाल र प्रधानमन्त्रीको अपमान गरेको हो । प्रधानमन्त्रीलाई भारतमा रहेको नेपाली राजदूतावासका नेपाली राजदूत निलाम्बर आचार्यसहित कर्मचारीले स्वागत गरेका थिए ।

प्राय राष्ट्रप्रमुखलाई मन्त्रीले स्वागत गर्ने अन्तराष्ट्रिय प्रचलन रहिआएको छ । भारतमा भर्खरै सम्पन्न लोकसभा निर्वाचनमा अत्यधिक बहुमतसहित प्रधानमन्त्री मोदीले साँझ ७ बजे राष्ट्रपति भवनमा सपथ लिँदैछन्।

मोदीको सपथमा सहभागी हुन श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, म्यानमारका राष्ट्रपति, थाइल्याण्डका मन्त्री, भुटानका प्रधानमन्त्री लोटे टिसिरिङ, मरिससका प्रधानमन्त्री, बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नयाँदिल्ली आइपुगेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

मोदीले सपथ समारोहमा बिमस्टेक सदस्य राष्ट्रका प्रमुख बोलाएका छन्।

२०७६ जेठ १६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्