
काठमाडौँ – सरकारले आगामी आर्थिक बर्षका लागि कर्मचारीहरुको तलव बढाएपछि राष्ट्रपतिदेखि सांसदसम्मको तलव कति बढ्यो भनेर जिज्ञासा अवस्य हुनुपर्छ । आगामी आर्थिक २०७६÷७७ का लागि अर्थमन्त्री युवराज खतिवडाले सरकारी कर्मचारीको तलब बढाएसँगै राष्ट्रपतिदेखि सांसदसम्मका राजनीतिक पदमा आसिन व्यक्तिको समेत तलब बढेको छ ।
बुधबार खतिवडाले राजपत्रांकितको १८ र राजपत्रअनंकित कर्मचारीको २० प्रतिशत तलब बढेसँगै राजनीतिक पदमा रहेका पदाधिकारीको समेत तलब बढ्ने भएको हो ।
तलब वृद्धि भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारी तलबमा २७ हजारले बढेर १ लाख ७७ हजार ५ सय ३१ रुपैयाँ पुगेको छ । हाल राष्ट्रपतिको तलब १ लाख ५० हजार ४ सय ५० रुपैयाँ छ ।
त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनको तलब १९ हजार ४ सय ४५ रुपैयाँ ले १ लाख २७ हजार ४ सय ७५ रुपैयाँ पुगेको छ ।
यता प्रधानमन्त्री केपी शर्मा ओलीको तलब ९१ हजार १ सय ९० रुपैयाँ, सभामुख कृष्णबहादुर महराको तलब ७९ हजार ४ सय ३८ रुपैयाँ पुगेको छ ।
उपप्रधानन्त्रीको तलब ७६ हजार ९ सय ३६ र मन्त्रीको ७१ हजार ९ सय ४५ रुपैयाँ पुगेको छ । सांसदको तलब ६५ हजार १ सय ७१ रुपैयाँ पुगेको छ । हाल सांसदको तलब ५५ हजार दुई सय ३० रुपैयाँ छ ।
१८ प्रतिशतका दरले बढ्दा ९ हजार ९ सय ४१ रुपैयाँ थपिएको हो । बढेको तलब साउन महिनादेखि लागू हुनेछ ।
२०७६ जेठ १६ गते प्रकाशित
