News Portal

सांसद आलेको सक्रियता बढ्यो, विशेष पहलमा भयो गजवको निर्णय

मोटिभेटन्यूज संवाददाता
१६१२ पटक

काठमाडौं – प्रतिनिधि सभाका सांसद प्रेमबहादुर आलेको विकास निर्माणका विषयमा सकृयता बढेको छ । उनकै अथक प्रयासका कारण सुदुरपश्चिमका जनताले विकासको स्वाद चाख्ने भएका छन ।

सरकारले खुटिया–वीपीनगर –दिपायल फास्ट ट्र्याक निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको पछि उनको सकृयताले सार्थकता पाएको छ । मन्त्रिपरिषद्को जेठ १०, १३ र १५ गतेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सूचना संचार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले यस क्षेत्रको बन प्रयोग गर्न दिने निर्णय भएको बताए ।

विगत लामो समयदेखि वातावरणीय प्रभाव मूल्यांकन (इआइए) हुन नसक्दा रुख कटान नभएपछि यस सडकको काममा अबरोध आएको थियो । विगतका सरकार तथा सुदूरपश्चिम क्षेत्रबाट प्रतिनिधित्व गर्ने नेताहरुले चुनावी सभामा यस विषयमा कुरा उठाए पनि मन्त्रिपरिषद्बाट पास गराउन सकेका थिएनन् ।

निर्वाचनको समयमा डोटेली जनतासामु आफू निर्वाचित भए यो काम गराएरै छाड्ने प्रतिवद्धता ब्यक्त गरेका आलेले यस विषयलाई पटक पटक संसदमा समेत उठाएका थिए । सांसद प्रेमबहादुर आलेले वातावरणीय प्रभाव मूल्यांकन गराउन वनमन्त्री शक्तिबहादुर बस्नेत र वन सचिव विश्वनाथ ओलीसँग दर्जनौंपटक छलफल गरेर (इआइए) सम्पन्न गराएका थिए ।

विकास निर्माणका धेरै आयोजनाहरुको इआइए हुन नसक्दा बिनियोजन गरिएको बजेटसमेत फ्रिज हुने गरेको तितो यथार्य बुझेर नै उनले यसमा विशेष पहलकदमी लिएका थिए । समग्र सुदूरपश्चिम क्षेत्रको विकासको लाइफलाईनको रुपमा रहेको यस फास्ट ट्रयाक निर्माण भएपछि नेपालको उत्तर –दक्षिण जोड्ने छोटो राजमार्गको हुनेछ ।

यसअघि खुटिया–दिपायलको नाममा रहेको यस आयोजना सुदूरपश्चिम सरकार मातहत रहेकोमा सांसद आलेकै पहलमा प्रदेशबाट केन्द्र सरकार अन्तर्गत ल्याइएको थियो । अहिले यस आयोजना खुटिया–दिपायल, सायल, चैनपुर हुँदै ताक्लाकोटसम्मको रहेको छ ।

हाल यो फास्ट ट्रयाक राष्ट्रिय गौरवको आयोजनामा समेत परेको छ । यसबाट सुदूरपश्चिम प्रदेशका कैलाली, कन्चरपुर, डोटी बाजुरा, बझाङ जिल्लाका लाखौं जनता लाभान्वित हुनेछन् ।

२०७६ जेठ १७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्