News Portal

प्रेरक प्रसंग : सुकरातको सफलता रहस्य !

मोटिभेटन्यूज संवाददाता
५०० पटक

काठमाडौं – एकपटक एक युवक महान् दार्शनिक सुकरातकहाँ गए । केहीबेरको प्रतीक्षापश्चात् उनले सुकरातसित भेट गरे । सुकरातले उनलाई आउनुको कारण सोधे । युवकले भने म हजुरबाट सफलताको रहस्य थाहा पाउन चाहन्छु । हजुरले मेरो मनको जिज्ञासा मेटाइदिनुप¥यो ।

सुकरातले एकैछिन सोचेर जवाफ दिए, ‘तिम्रो यस प्रश्नको जवाफ म भोलि बिहान दिनेछु । मलाई सूर्योदयपश्चात नदीकिनारमा आएर भेट ।’ दोस्रो दिन निर्धारित समयमै ती युवा नदीकिनारमा पुगे । सुकरात किनारको एउटा रुखमुनि विश्राम गरिरहेका थिए । सुकरात युवकलाई डो¥याउँदै बिस्तारै अघि बढे ।

उनीहरू नदीकोबीच भागतिर अघि बढिरहेका थिए । बिस्तारै उनीहरू पानीमा डुब्दै गए । पानी घाँटीसम्मै आइपुग्यो । यही वेला अकस्मात सुकरातले युवकको टाउको समातेर पानीमा डुबाइदिए । पानीभित्र सास फेर्न नसक्दा ती युवक बाहिर निस्कन हरसम्भव कोसिस गरिरहे ।

तर, सुकरातले बलियोसँग समातेको हुनाले उनको संघर्ष सफल हुन सकेन । सुकरातले उनलाई पानीमा डुबाई नै रहे । सास रोक्दारोक्दा युवक पानीभित्रै नीलो देखिन थालेपछि बल्ल सुकरातले उनलाई पानीबाट बाहिर निकाले । बाहिर निस्किनासाथ ती युवक स्याँस्याँ गर्दै छिटोछिटो सास फेर्न थाले ।

युवकको हालत देखेर मन्द मुस्कुराउँदै सुकरातले प्रश्न गरे, ‘पानीभित्र डुबेको समयमा तिमी सबैभन्दा बढ्ता के चाहन्थ्यौ ?’ युवकले उत्तर दिए, ‘म सबैभन्दा बढ्ता त सास फेर्न पाइयोस् र पानी ननिलियोस् भन्ने चाहन्थेँ ।’ सुकरातले गम्भीर हुँदै भने, ‘हो, यही हो सफलताको रहस्य । जब तिमी सफलता पाउन पनि त्यति नै गम्भीरतापूर्वक संघर्ष गर्छौ, तिमीलाई सफलता अवश्यै प्राप्त हुनेछ । यसका अतिरिक्त सफलताको अर्को कुनै रहस्य छैन ।’

२०७६ जेठ १९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्