News Portal

विप्लवको विज्ञप्तिले धुर्मुसलाई छट्पटी, दिए यस्तो प्रतिक्रिया !

मोटिभेटन्यूज संवाददाता
७६३२ पटक

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्ला कमिटीले धुर्मस–सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको अन्तराष्ट्रिय गौतम बुद्ध क्रिकेट रंगशाला निर्माण नगर्न चेतावनी दिएपछि धुर्मुसलाई छट्पटी भएको छ ।

चितवनको रामपुर स्थित कृर्षि बन विश्वविद्यालयको जग्गामा बनाउन लागेको रंगशालामा नबनाउन उक्त पार्टीले विज्ञप्ति मार्फत चेतावनी दिएपछि उनलाई के गर्ने के गर्ने भएको छ । विज्ञप्तिमा चेतावनी दिदा पनि अटेरी गरे त्यसपछिको परिणामको भागेदार स्वयम आफै हुन धुर्मुसलाई चुनौतिचेतावनी दिइएको थियो ।

चितवन जिल्ला सेक्रेटरी ध्रुर्वद्धारा जारी विज्ञप्तिमा चितवनमा अरु प्रसस्त खाली ठाँउ हुँदा हुँदै विश्वविद्यालयको जग्गा हिनामिन नगर्न भन्दै शुक्रबार विज्ञप्ति जारी गरेका थिए । विद्यार्थीको भविश्यसंग जोडिएको विश्वविद्यालयको सम्पतिमाथि कसैले पनि आँखा नलगाउन विज्ञप्तिमा भनिएको छ ।

यस विषयमा धुर्मुससंग बुझ्न खोज्दा उनले आफू अहिले केही नबोल्ने बताए । डराएको जस्तो सुनिने उनको आवाजमा यसलाई कसरी सेटल गर्न सकिन्छ भनेर सोचीरहेको भान हुन्थ्यो । अव धुर्मससंग तीनओटा विकल्प छ, पहिलो विकल्प ठाँउ सारी गरेर अनेत्र रंगशाला बनाउने, विकल्प २ विप्लव नेतृत्वको पार्टीसंग छलफल गरी समस्याको समाधान खोज्ने र तश्रो तथा अन्तिम विकल्प भनेको जनताबाट उठाएको पैसा सबै फिर्ता गरिदिने र रंगशालाको लफडाबाट मुक्त हुने । यी तीनओटा विकल्पमध्य एउटा विकल्पमा अगाडी बढेर आफ्ना कार्यलाई अगाडी बढाउदा धुर्मुसका लागि राम्रो हुनेछ ।

यो पनि पढ्नुहोस

धुर्मुस-सुन्तलीलाई अर्को झट्का, प्रतिबन्धित नेकपाको आयो कडा विज्ञप्ति !

 

२०७६ जेठ १९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्