News Portal

क्रिकेट रंगशाला निर्माणका विषयमा धुर्मुसको अपिल, रंगशाला नबन्ने संकेत ?

मोटिभेटन्यूज संवाददाता
६२१ पटक

काठमाडौं – कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सुरु गरेपछिको अवरोधका विषयमा स्थानियसंग भएको बादविवादका विषयमा माफि माग्दै अपिल क्षमा दिन अपिल गरेका छन । उनले निर्माणस्थलको बार भत्किएपछि आफूहरुबाट भएको टिप्पणीले कसैलाई चोट पुगेको भए क्षमा मागेका हुन ।

आइतबार फेसबुकमा अपिल पोष्ट गर्दै उनले भनेका छन् ‘हामीले आक्रोशमा आएर अञ्जानमा केही गलत बोलेको भए वा कर्सैमाथि ठोस पुगेको भएमा हामी क्षमाप्रार्थी छौं ।’

रंगशाला निर्माणस्थलमा स्थानीयले डोजर लगाएर बार भत्काएपछि धुर्मुस सुन्तली फाउण्डेसनको तर्फबाट सार्वजनिक भिडियोमा स्थानीयप्रति आक्रोश व्यक्त गरिएको थियो । त्यसको सार्वजनिक रुपमा विरोध पनि भएको थियो ।

धुर्मुसले आइतबार फेसबुकमा राखिएको अपिलमा भनिएको छ ‘उद्देश्य पवित्र राख्दाराख्दै पनि कसैको मनमा चोट लागेको हुनसक्छ । अज्ञानतावश भएका त्यस्ता भुलप्रति हामी क्षमाप्रार्थी छौं ।’ धुर्मुसले कुनै विषयमा विमति भए वार्ता र छलफलबाट निराकरण गर्न सकिने पनि उल्लेख गरेका छन् ।

त्यस्तै उता विप्लव नेतृत्वको नेकपाले विज्ञप्ति निकाल्दै रंगशाला नबनाउन चेतावनी दिएपछि अन्तराष्ट्रिय गौताम बुद्ध रंगशाला नबन्ने लगभग पक्का भएको छ । जिल्ला सेक्रेटरी ध्रुबद्धारा जारी विज्ञप्तिमा यदी चेतावनीलाई अटेरी गरे त्यसको परिणाम आफैले ब्यहोर्न भनेपछि रंगशाला निर्माण कार्य अलपत्र पर्ने संकेत देखिन थालेको छ ।

यो पनि पढ्नुहोस

धुर्मुस-सुन्तलीलाई अर्को झट्का, प्रतिबन्धित नेकपाको आयो कडा विज्ञप्ति !

 

२०७६ जेठ १९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्