News Portal

आज पनि यी क्षेत्रमा मेघ गर्जनसहित ठूलो वर्षा, केही दिन यस्तै रहने मौसमविद्को भनाइ

मोटिभेटन्यूज संवाददाता
४२८ पटक

काठमाडौँ – देशभरको मौसम सोमबार पनि बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने मौसमविद सुवास रिमालले बताएका छन् ।

बिहानैदेखि देशका अधिकांश क्षेत्रमा बदली भएको छ । विशेष गरी मध्य क्षेत्रमा सामान्य बदलीको अवस्था छ भने पूर्व र पश्चिमका क्षेत्रमा आंशिक बदली रहेको मौसमविद रिमालले बताए । दिनभरिकै मौसम यस्तै रहने जनाइएको छ ।

प्रि मनसुनको समय रहेको र अहिले बंगालको खाडीबाट जलवाष्पयुक्त वायु सतही रुपमा आएकाले मौसम बदली भएको हो । केही दिन मौसम यस्तै रहने सम्भावना छ ।

अपराहन्न वा बेलुकातिर देशका विभिन्न ठाउँमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको र हावाहुरी पनि चल्ने मौसमविद रिमालले बताए । विशेषगरी मध्य क्षेत्रका केही स्थानमा केही बेर ठूलो पानी पर्न सक्ने छ ।

२०७६ जेठ २० गते प्रकाशित

प्रतिकृया दिनुहोस्