News Portal

नेपालको पहिलो मुस्लिम महिलाद्वारा अन्नपूर्ण बेस क्याम्पको सफल आरोहण

मोटिभेटन्यूज संवाददाता
७५४ पटक

काठमाडौँ –  नेपालको पहिलो मुस्लिम महिला जिल्ला बाराकी अर्कना खातुन  अन्नपूर्ण बेस क्याम्पसम्म आरोहण गर्न सफल भएकी छिन् । उनी यही जेठ १७ गते शुक्रबार तीन दिन लगाएर ४१३० मिटरमा रहेको एबिसी चढ्न सफल भएकी हुन् ।

हाइक फर नेपाल नामक संस्थाद्वारा आयोजित एबिसी हाइकिङबाट अर्कना हाइक गर्न गएकि थिइन् । जेठ २९ गते सेवइदेखि सुरु गरि सिनुवा २३०० मिटर, जेठ ३० गते सिनुवादेखि देउराली ३१०० मिटर र तेश्रो दिन देउरालीदेखि एबिसी ४१३० मिटरसम्म पुग्न सफल भइन् ।

एचएफएनले आयोजना गरेको हाइकिङमा ३० जना नेपाली र २ जना बिदेशी रहेका थिए । पहिलो पटक एबिसीसम्म ठूलो संख्यामा नेपालीहरू आरोहण गर्न सफल भएका हुन् ।

२०७६ जेठ २० गते प्रकाशित

प्रतिकृया दिनुहोस्