मोटिभेटन्यूज संवाददाता

काठमाडौं – सरकारले भोलि सार्वजनिक विदा दिएको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व इदुल्ल फित्रको अवसरमा भोलि सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।
एक महिने रोजा ब्रत पुरा भएको खुशीयालीमा इदुल्ल फित्र मनाउँछन् ।
यसअघि सरकारले २३ गते सार्वजनिक विदा दिने बताएको थियो। प्रदेश २ सरकारले भाेलीका लागि सार्वजनिक विदा दिएपछि गृह मन्त्रालयले प्रदेश २ काे सिकाे गर्दै विदा दिएको हाे ।
२०७६ जेठ २१ गते प्रकाशित
