News Portal

बदनाम कम्पनीमा प्रकाश पाण्डेको इन्ट्री

मोटिभेटन्यूज संवाददाता
१४७३ पटक

काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का निर्वतमान अध्यक्ष प्रकाश पाण्डेले देशकै बदनाम कम्पनी खरिद गरेका छन । दर्जनौँ ब्यक्तिलाई घर न घाटको बनाएर बदनाम भएको अर्विट इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीलाई खरिद गरेर पाण्डेपनि बदनाम हुने बाटोतिर लागेका छन ।

उच्च राजनीतिक नेतृत्वका कारण पटक पटक बदनाम बन्दै आएको यो कन्सल्टेन्सीका पूर्व संचालकहरु को ? कहाँ ? छन अहिलेसम्म पत्तो छैनन् । उक्त कम्पनीका संचालकका कारण केही समय अफिस संचालनका लागि बसेका कम्पनीका स्टाफ कुवेर विष्ट पनि घर न घाटको भएका छन भने हजारौं विद्यार्थी कमीसनको भरमा विक्री भएका घटनाहरु प्रसस्त देख्न पाइन्छ ।

यसरी बदनाम भएको कन्सल्टेन्सीमा कसरी र कसले प्रकाश पाण्डेलाई फसायो त्यो उनलाई नै थाहा होला । तर प्रकाश पाण्डे राजनीतिक परिवारका सदस्य भएकाले उनका बुवा राजेन्द्र पाण्डेसंग पम्फा भुसालको सम्बन्ध विस्तार भएसंगै यसमा उनको इन्ट्री भएको हुन सक्छ । यो कम्पनीमा अप्रत्यक्ष रुपमा पूवा माओबादी केन्द्रकी प्रबत्ता पम्फा भुसालको मुख्य सेयर रहेको छ भने अरु देखिएका पात्र गोटी मात्र हुन ।

पार्टी एकता भएपछि माधव नेपाल समुह प्रचण्डसंग नजिक भएको र राजेन्द्र पाण्डेपनि नेपाल प्यानलकै भएको तथा बैद्य पार्टी छोडेर आएकी भुसाल पनि प्रचण्ड प्यानलमा प्रवेश गरेपछि उनीहरुबीच संवाद बाँक्लिएको थियो । त्यही संवादलाई मुर्तरुप दिनका लागि अर्विटमा प्रकाश पाण्डेको इन्ट्री भएको हुनसक्छ ।

अहिले अर्विट कन्सल्टेन्सीमा प्रकाश पाण्डे सहित ३ जनाको सेयर देखिएको छ । पाण्डेलाई शेषराज भट्टराई र थीरलाल भट्टले साथ दिएर अर्विटको ब्राण्डलाई लिड गरिरहेका छन । अर्विट छिर्नलाई प्रकाशको पुरानै सेटिङ रहेको अनुमान गर्न सकिन्छ ।

कन्सल्टेन्सी क्षेत्रमा खासै प्रोफाइल नभएका शेषराज भट्टराईलाई बोकेर रातारात इक्यानको महासचिव बनाएका थिए । उनीहरुको दोस्ती बदनाम कम्पनीको साझेदार हुनसम्म पुगेको छ । बदनाम कम्पनीमा प्रकाश पाण्डेको इन्ट्रीसंगै उनीपनि ज्यान फालेर कमाउ धन्दामा लागेको चर्चा हुन थालेको छ ।

अर्विटका कर्तुत र अर्विटका कारण घर न घाटको भएकाहरुको कथासहितको सामाग्री आगामी अंकमा प्रकाशन गर्दै जानेछौं ।

२०७६ जेठ २२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्