News Portal

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमा, विमानस्थलबाट सिधै पशुपति जाने

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३२६ पटक
काठमाडौं

भदौ १४, काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् । आजदेखि राजधानीमा शुरू हुने चौथो बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन मोदी एयर इन्डियाकाे विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

मोदीलाई विमानस्थलमा रक्षा मन्त्री ईश्वर पोरेललगायतले स्वागत गरेका थिए । मोदी विमानस्थलबाट सोझै पशुपतिनाथ दर्शनका लागि जाने कार्यक्रम छ । पूजाअर्चनापछि उनी सम्मेलन स्थल सोल्टीमोड जानेछन् ।

२०७५ भदौ १४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्