मोटिभेटन्यूज संवाददाता

काठमाडौं – नेकपाका नेता लालबाबु पण्डितले नेतृत्व गरेको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा २० अर्ब ६२ करोड भष्ट्राचार गरेको आशंका गर्न थालिएको छ । आर्थिक बर्ष २०७५/७६ को खर्च विवरणमा २० अर्ब ६२ करोड बेरुजु देखिएपछि आशंका गर्न थालिएको हो ।
मन्त्रालयका कर्मचारीको सेटिङमा बेरुजुका कागज मिलाउन देशभर गोष्ठी गरिएको खुलासा भएको छ । बेरुजु फर्स्योट शीर्षकको गोष्ठीमा कम्तीमा २० लाख खर्च हुन लागेको छ । धनगढी, नेपालगञ्ज र सुर्खेतमा गोष्ठी भइसकेको छ । पोखरा, विराटनगर, बर्दिबास र धुलिखेलमा गोष्ठी हुँदैछ ।
मन्त्रालयअन्तर्गतको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी)को खर्च बेरुजु देखिएपछि फर्स्योट गर्न सकस भएको आजको अन्नपूर्ण पोष्टमा खवर छ ।
२०७६ जेठ २३ गते प्रकाशित
