News Portal

चौथो पटक भारतीय प्रधानमन्त्री मोदी काठमाडौँमा, ट्विट गर्दै यस्तो भने

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
७३९ पटक
काठमाडौं

भदौ १४, काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगका द्वीपक्षीय सम्बन्धमा प्राप्त गरेको उपलब्धीहरुको समीक्षा गर्ने बताएका छन्। बिमस्टेकको चौँथो शिखर सम्मेलनमा सहभागी हुन नेपाल आउन लागेका मोदीले नेपाल आगमनको पूर्व सन्ध्यान्मा यो कुरा बताएका हुन्।

बुधबार साँझ ट्वीट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट वार्ताको प्रतीक्षारत रहेको बताएको उल्लेख गरेका छन्।‘प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेट र हामीले नेपाल भारत द्विपक्षीय सम्बन्धमा प्राप्त गरेको उपलब्धि समीक्षाको प्रतीक्षामा छु’ मोदीले ट्विट गर्दै भनेका छन्, ‘प्रधानमन्त्री

ओली र मैले पशुपतिनाथ मन्दिर कम्प्लेसमा निर्माण हुने नेपाल-भारत मैत्री धर्मशालाको उद्घाटन गर्ने छौँ।’त्यसैगरी उनले बिमस्टेक सम्मेलन क्रममा नेपालसहितका अन्य सदस्य राष्ट्रका नेताहरुसँग वार्ता हुने जनाएका छन्।

प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग शुक्रबार द्विपक्षीय गर्ने कार्यक्रम रहेको छ।सो क्रममा दुवै देशमा वार्तापछि रक्सौल-काठमाडौँ विद्युतीय रेलमार्ग संभाव्यता अध्ययन र बल्क कार्गो सम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ।

रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन विषयमा प्रधानमन्त्री ओलीको चैतमा भारत भ्रमणको समयमा सहमति भएको थियो।

२०१४ मा भारतका प्रधानमन्त्री बनेपछि मोदीको यो चौथो नेपाल भ्रमण हो।तेस्रो पटक यसै वर्षको २८-२९ बैशाखमा नेपालको धार्मिक भ्रमण गरेका थिए। भ्रमणको सुरुवात जनकपुरबाट गरेका उनी काठमाडौँ आएर मुक्तिनाथ दर्शन गर्न गएका थिए।

मोदीले दोस्रो पटक सार्कमा १८ औँ शिखर सम्मेलनमा ११-१२ मंसीर २०७१ मा भएको काठमाडौंमा आएका थिए ।

त्यस अगावै उनी १७-१८ साउन २०७१ मा नेपाल भ्रमणमा आएको थिए, जुन भारतीय प्रधानमन्त्रीको स्तरबाट भएको १७ बर्षपछिको भ्रमण थियो ।

२०७५ भदौ १४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्