News Portal

बंगलादेशी प्रधानमन्त्री शेख हसिना पनि काठमाडौं आइपुगिन्

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२६१ पटक
काठमाडौं

भदौ १४, काठमाडौं – आजदेखि राजधानीमा शुरू हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागिताका लागि बंगलादेशी प्रधानमन्त्री शेख हसिना काठमाडौं आइपुगेकी छन् । हसिना केहीबेर अघि मात्रै काठमाडौं आइपुगेकी हुन् ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सम्मेलनमा सहभागी हुन काठमाडौं आइपुगेका थिए । अब बिम्स्टेक राष्ट्रका ७ मध्ये थाइल्यान्डका प्रधानमन्त्री मात्रै आउन बाँकी छ । उनी अबको केहीबेरमा काठमाडौं अवतरण गर्ने बताइएको छ ।

२०७५ भदौ १४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्