News Portal

सत्य राज र मेलिनाको “मेरो प्यार लैजाउ”

मोटिभेटन्यूज संवाददाता
२६५ पटक

काठमाडौँ – चर्चित गायक सत्य राज आचार्य र गायिका मेलिना राईको “मेरो प्यार लैजाउ” बोलको गीत सार्वजनिक भएको छ । बि.बि थापाको शब्द रहेको उक्त गीतमा दिपक शिलवालको संगीत रहेको छ भने शाहस शाक्यको एरेंज रहेको छ । धेरै गीतहरु गाएर सबैको मन जित्न सफल लोकप्रिय गायक सत्य राज आचार्य र गायिका मेलिना राईको उक्त गीत ‘मेरो प्यार लैजाउ’ मा माया प्रेमको भाव समावेश गरिएको छ भने दुई प्रेमीको मनको भावलाई व्यक्त गरिएको छ ।

बिजय र सिम्रनको अभिनय रहेको उक्त गीतको भिडियो जीवन रसाइलीले छायाँकन गरेका हुन् । सिम्रन बस्नेतको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोलाई जीवन रसाइलीले नै निर्देशन तथा संपादन गरेका हुन् ।

२०७६ जेठ २६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्