News Portal

रवि लामिछानेलाई झट्का, यी महिलाले खोलीन रविको पोल (भिडियो सहित)

मोटिभेटन्यूज संवाददाता
४६४७ पटक

काठमाडौं – सिधा कुरा जनतासंग कार्यक्रममा संचारकर्मी रवि लामिछानेले इटहरीका मेयर द्धारिकालाल चौधरीलाई हप्काएको विषयमा एक जना महिलाले रविको खुलेरै विरोध गरेकी छन । रविसंगै यो काण्डमा जोडिएका मेयर चौधरीको पनि उनले आलोजना गरेकी छन ।

पत्रकारको नाकको डाँडी भाँच्नका लागि एक करोड छुटाएको छु भन्ने मेयर चौधरीको भनाईलाई पुष्टि गर्नका लागि संचारकर्मी लामिछानेले मेयर चौधरीलाई हप्काएका थिए । लाइभ कार्यक्रममा टेलिफोन अन्तरवार्ता पछि नाकको डाँडी भाँच्ने कुराको उठान गर्नेले मेयरको विरोध गर्न नसुहाउने भन्दै रविको विरोध भइरहेको छ । अन्तरवार्तामा लामिछानेले कानुनको कुरा गर्दै नाकको डाँडी भाँच्नु अपराध भएको भन्दै मेयरलाई आछुआछु पारेका थिए ।

पवित्रा गौतम नामकी ति महिलाले सामाजिक संजाल फेसबुकमा लाइभ गर्दै दुबै जनाको आलोजना गरेकी छन । उक्त भिडियोमा गौतमले रवि लामिछानेको पोख खोलेकी छन ।

हेर्नुहोस भिडियो

२०७६ जेठ २६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्