News Portal

वर्किङ भिसामा जापान जान खोज्दैहुनुहुन्छ ? पहिलो लटमा तपाई पर्ने कि नपर्ने ?

मोटिभेटन्यूज संवाददाता
१६७२ पटक

काठमाडौं – नेपाली कामदार जापान पठाउने विषयमा दुई सरकारबीच गत चैत ११ गते ‘सहकार्यको समझदारीपत्र’ मा हस्ताक्षर भएसंगै धेरै युवाहरु उत्साहित हुँदै जापानिज भाषा पढ्नतिर लागेका छन ।

अहिले जापान पठाउने भन्दै देशभित्र भाषा परिक्षाको नाममा ठगीधन्दा मौलाएको छ भने कतिपय कन्सल्टेन्सीहरुले आफैंले विदेश पठाउने आश्वासन दिएर ठगी गरेका तथ्यहरु पनि बाहिर आएका छन् ।

सहकार्यको समझदारीमा विभिन्न १४ क्षेत्रमा कामदार लैजाने सहमति भएको छ । कृषि, नर्सिङ केयर, सवारी साधान मर्मत सम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ र पेय पदार्थ उत्पादन, आवास उद्योग, मेसिनरी पार्ट उद्योग, माछा मार्ने र माछापालन उद्योग, औद्योगिक उपकरण उद्योग, इलेक्टिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योथ, विल्डिङ सरसफाइ व्यवसाय, जहाज र जहाज पाटपूर्जा उद्योग एवं हवाई उद्योग लगायत क्षेत्रमा पठाउने समझदारी भएको थियो ।

पहिलो चरणमा सम्भवतः आगामी अक्टोबर (असोज १५ देखि कात्तिक १५) मा नर्सिङ क्षेत्रको लागि मात्र भाषा र सीप परीक्षा हुने वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले बताए । उनका अनुसार यसलाई ‘नर्सिङ केयर जापाजिन ल्यांग्वेज इभ्यालुएसन टेस्ट’ भनिनेछ । साधारण जापानीमा लेख्न र बोल्न गर्न सक्नेले यो जाँचमा भाग लिन सक्छ ।

२० मिनेटको भाषा परीक्षा र ६० मिनेटको सीप परीक्षा हुनेछ भने पास भए–नभएको परीक्षार्थीले तत्कालै थाहा पाउँछन् । जाँच दिएको दुई हप्तामा जाँचको प्रमाणपत्र प्राप्त गर्ने वैदेशिक रोजगार विभागले जनाएको छ । नर्सिङका कर्मचारीहरुलाई जापान पठाइसकेपछि अन्यका लागि परिक्षा लिइने महानिर्देशकको भनाई छ । अनलाइन खवरको सहयोगमा

२०७६ जेठ २६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्